You are viewing the translated version of संयुक्त बैठक आह्वानको सूचना.

Rule 3
संयुक्त बैठक आह्वानको सूचना
(१) राष्ट्रपतिबाट संविधानको धारा ९५ बमोजिम सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गरेमा महासचिवले बैठक बस्ने मिति, समय र स्थानको जानकारी संदस्यलाई दिनेछ। सोको जानकारी विद्युतीय माध्यमबाट समेत/सदस्यलाई दिन सकिनेछ।
(२) संविधान र यस नियमावलीको व्यवस्था बमोजिम अन्य प्रयोजनको लागि अध्यक्षसँग परामर्श गरी सभामुखले तोकेको मितिमा सङ्घीय संसदको संयुक्त बैठक बस्नेछ।
(३) उपनियम (२) बमोजिम संयुक्त बैठक बस्ने भएमा महासचिवले बैठक बस्ने मिति, समय र स्थानको जानकारी सदस्यलाई दिनेछ।